असार, ८ काठमाडौं । बितेका २४ घण्टाका अवधिमा नेपालमा थप ४ हजा ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक १६ हजार नौ सय १३ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ४ हजार ९४५ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म देशभर पाँच लाख ६४ हजार आठ सय ८२ जना कोरोनामुक्त भएका छन्। निको हुन दर ९०.२ प्रतिशत पुगेको छ।






