राष्ट्रपति र प्रधानमन्त्रीको व्यबहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छः बरिस्ठ अधिवक्ता खरेल

असार, १३ काठमाडौं । संवैधानिक इजलासको जारी बहसमा रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राष्ट्रपति र प्रधानमन्त्रीको व्यबहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य भएको बताएका छन् ।

आदेश के हुनुपर्छ त ?

७६(५) भन्दा अगाडिको प्रक्रिया पूरा भयो कि भएन ?

यसमा अहिलेको प्रधानमन्त्रीले मैले बिस्वासको मत पाउन सक्दिन भनेर भन्नू भो मार्गप्रशस्त भन्नू भो त्यो राजिनामा होइन तर पद रिक्त भयो ।

७६(५) मा फेरि उहाँ नै जानू भो दलको समर्थन छ भनेर तर शेरबहादुर देउवाकहा १४९ साम्सदको हस्ताक्षर लिएर जानू भो । यो धारामा देउवाको आधार देखिन्छ । तर यो संबैधानिक दायित्व रास्ट्रपतिले पूरा गरेको देखिएन ।

त्यसकारण आदेश जारी गर्दा प्रतिनिधि सभा पुनस्र्थापन गरेर बाकी संसदमै हुन्छ भनेर हुदैन ।अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किन भने ओलीले पटक पटक सम्वैधानिक दायरा नाघिसक्नुभएको छ । दोस्रो पटक विघटन गरेकैले समस्या भएको हो । र रास्ट्रपतिले पनि आफुलाई सुधार गर्नुपर्ने छ । संबैधानिक दायित्व पूरा गरेको देखिएको छैन । विशेष अधिवेशन माग गर्न साम्सद जादा ६र६ घण्टा दर्ता नहुने, केपी ओलीको निर्णय राती नै सदर कसरी हुन्छ रु यहाँ त तिमि भन म गर्छु भने जस्तो भयो । प्रधानमन्त्री र रास्ट्रपतिको व्यबहारका कारण पनि देउवाको बहुमत स्पष्ट देखिएको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश जारी हुनुपर्छ ।