संवैधानिक इजलासमा बहसः ‘सांसदले दलिय अनुशासन उलंघन गर्ने अधिकार छैन, ७६(५) मा ह्वीप लाग्छ’

असार, १४ काठमाडौं । संसद विघटनसम्बन्धीको बहसमा महान्यायाधिवक्ता रमेश बडालले सांसदलाई दलिय अनुशासन उलंघन गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।

बहसरको क्रममा उनले बहुलबाद भन्ने प्रस्तावनामै राखिएको राखिएको बताए । उनले भने–‘१६ बुदे सहमति पछि धारा ८४ राखियो । बहुदलीय प्रतिस्पर्धा अनिवार्य ब्यबस्था हो र यसलाई तलमाथि गर्ने हक निवेदकलाई छैन । बहुदल के हो ? दल के हो ? धारा २६९ मा छ । दल के हो भन्ने परिभाषा यहाँ गरिएको छ । दल हुन तीन चिज समान बिचारधारा, समान दर्शन र समान कार्यक्रम हुन पर्ने रहेछ । ’

उनले थपे– ‘एउटा दलबाट निर्वाचित सांसद अर्को दलको साम्सद अर्को दलको साम्सदलाई प्रधानमन्त्री बनाउन जान्छ भने त्यो के हुन्छ रु दल त्याग हुन्छ रु कि बहुदल हुन्छ ? असमान बिचारधाराहरुको प्रतिस्पर्धा हो बहुदलीय प्रतिस्पर्धा ।

उनले प्रश्न गरे ‘एउटा दलबाट निर्वाचित हुने अनि अर्को दलको साम्सदलाई प्रधानमन्त्री बनाउ भनेर अदालत आउने ? यहि हो दल भनेको ? हाम्रो संविधानले यहि भन्छ ? धारा २७१ हेरौ त्यसले के भन्छ ?’

‘दलभित्र पराजित हुने अनि दलभित्र मैले शासन गर्न पाउनुपर्छ भन्न मिल्छ ? त्यो त होइन होला । दलको टिकट लिएर जितेर निर्दलिय भन्न पाइदैन ।’ उनले भने ।