असार, १४ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धीको रिटमा आजको सरकार पक्षको बहसमा महान्यायाधिवक्ता रमेश बडालले देउवासहितका पुर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिले जामा लगाइदिनुभएको थियो फुकालेर अदालत आएको टिप्पणी गरेका छन् । उनले भने– शेरबहादुर देउवाजीले लिएर गएको पत्रमा प्रश्न थियो । रित नपुर्याई पुगेको थियो । रित नपुर्याईएको कागज भ्यालिड हुदैन । राष्ट्रपतिले त्यो कागज छानबिनका लागि कतै पठाउनु भएन । नपठाएर राष्ट्रपतिले जामा लगाइदिनुभएको थियो ।
राष्ट्रपतिज्युले पूर्वप्रधानमन्त्री ज्यु हरुको इज्जत जोगाइदिनु भएको थियो। तर जामा फुकालेर अदालत आउनुभयो ।
प्रधानन्यायाधीशः मैले सही गर्देको भन्ने त उहाँहरुले भन्ने होला नि। विरोध गर्ने भए उहाँहरुले भन्ने होला नि अरुले भन्ने कुरा हो र ?
बडालः प्रधानमन्त्री नियुक्त गर्ने बेलामा कस्ता कागजात पेश गरियो भन्ने हेर्नुपर्छ । र परमादेश माग गरिएको भए म यो प्रश्न उठाउने थिइन । परमादेश तब हुन्छ जब राष्ट्रपतिको निर्णय बदर हुन्छ ।






