कोरोनाः २ हजार ४४४ जनामा पुष्टि, ४२ जनाको मृत्यु

३ हजार ८५३ जनाले कोरोना जिते

असार, १४ काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप २ हजार ४४४ जनामा पुष्टि भएको छ । सोहि अवधिमा थप ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ६४० जनाको पीसीआर परीक्षण र ४ हजार ९९२ परीक्षण एन्टिजन विधिबाट गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा ३ हजार ८५३ जनाले कोरोनालाई जितेर निको भएक छन्।