न्यायाधीशको प्रश्नः स्वतन्त्र सांसदले सरकारलाई समर्थन दिइसकेपछी फिर्ता लिन चाह्यो भने के हुन्छ ?

असार, १५ काठमाडौं । संवैधानिक इजलासमा सरकारी पक्षको जारी बहसमा नायाधीशले स्वतन्त्र सांसदले सरकारलाई समर्थन दिइसकेपछी फिर्ता लिन चाह्यो भने के हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

जवाफमा नायबमहान्यायाधिवक्ता पदम पाण्डेयले भनेका छन् सरकारलाई दिएको समर्थन दलले फिर्ता लिन मिल्छ । संविधानले दल चिन्छ दलबाट निर्वाचित सांसदलाई स्वतन्त्र रुपमा चिन्दैन ।

इश्वर खतिवडाः ४ जनाको नाम छुटेको, त्यहाँ भोली १४ वा ४४ होला । त्यो चाहिँ (स्वतन्त्र सांसद) हो र सरकारलाई समर्थन दिइसकेपछी कहिल्यै फिर्ता लिन नमिल्ने हुन्छ कि के हुन्छ ? संविधानमा दलले फिर्ता लिन चाहेमा लिन सक्छ पनि भनेको छैन्, अर्थात साइलेन्स पनि छैन् ।

पाण्डेयः मैले मिल्छ भनेको छैन्, मिल्दैन पनि भनेको छैन् । दलले फिर्ता लिन सक्छ भन्ने ब्यवस्था संविधानले भनेको छ । संविधानले दललाई मात्र चिनेको छ ।

र दलबाट निर्वाचित साम्सदले व्यक्तिगत रुपमा कुनै अर्को पार्टीलाई समर्थन गर्न मिल्दैन् । कानुनी रुपमा छुट्टै बस्न पाइन्छ तर, अर्को दलको नेतालाई समर्थन गर्ने अधिकार संसदलाई छैन् । कि पार्टी फुटाएर जानुपर्यो । होइन घरमै बस्छु भन्ने अनि अर्को दललाई समर्थन गर्छु भन्न मिल्दैन । अर्को दलको नेतालाई समर्थन गर्ने अधिकार साम्सदलाई छैन ।यसो गर्नु गलत आचारण हुन्छ, गैरसम्बैधानिक हुन्छ, जनताको मतको अपमान हुन्छ ।