२६३६ जना कोरोना संक्रमित थपिए, ४३४८ जना कोरोना संक्रमित निको

२० जना कोरोना संक्रमितको निधन

असार, १५ काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप २६३६ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन।

सोहि समयमा थप २० जना कोरोना संक्रमितको निधन भएको छ । ४३४८ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।