असार, १६ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजबाट ३ दिन लगातार बर्षा हुने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार उपत्यकासिहत देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
उनका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा भइरहेको छ। यो क्रम अझै तीन दिन जारी रहने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले चेतावनीसहितको सूचना जारी गर्दै प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।






