सहन्यायाधिवक्ता लोकराज पराजुली को प्रश्न राष्ट्रपतिको निर्णय कसरी असंवैधानि भयो ?

राष्ट्रपतिबाट भएको संविधान अनुसारको कर्तव्य निर्वाह हो

असार, १६ काठमाडौं । संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस चलिरहेको छ । जारी बहसमा सहन्यायाधिवक्ता लोकराज पराजुलीले राष्ट्रपतिको निर्णय कसरी असंवैधानि भयो भने प्रश्न गरेका छन् ।

उनले भने प्रधानमन्त्री नियुक्तिका सन्दर्भमा राष्ट्रपतिले गरेको निर्णयमा रिट लाग्दैन । प्रधानमन्त्रीमा परेको दाबी हेर्ने राष्ट्रपतिले हो । अन्य उपधारामा आधार पहिल्यै तय भैसकेको हुन्छ । ७६(५) मा राष्ट्रपतिले प्राप्त आधार हेर्ने अधिकार राख्ने भएकाले रास्ट्रपतिबाट संबैधानिक, कानुनी त्रुटि भएको छैन ।

दलबाट निर्वाचित साम्सद स्वतन्त्र हुन पाउदैन, अर्को दलमा पनि जान पाउदैन । गयो भने दल त्याग हुन्छ । त्यसो भएको भएर यसलाई रास्ट्रपतिले आधार र कारणका रुपमा लिएर गरेको निर्णय कसरी असम्बैधाअनिक हुन्छ ? हुदैन । यो त राष्ट्रपतिबाट भएको संविधान अनुसारको कर्तव्य निर्वाह हो ।