थप२ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

असार, १६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर र ४ हजार ३८१ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित भेटिएका हुन।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ।

देशभर थपिएका संक्रमित मध्ये उपत्यकामा सबै भन्दा बढी छन्।

मन्त्रालयका अनुसार काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा १८९ जना संक्रमित थपिएका हुन्।