निर्वाचन समिति गठन

असार, १७ काठमाडौं । गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ ।
सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोवरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेको छ ।

समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल (नेपाल) रहेका छन । त्यस्तै सदस्यहरुमा सङ्घका संरक्षक राम प्रताप थापा (जर्मनी), डा. गणेश गुरुङ (नेपाल), डा. देवकाजी डङ्गोल (कतार), चिरिञ्जवी ढकाल (युके), डा. विष्णुमाया परियार( युएसए रहेएको छ भने समितिको सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहेको सङ्घको सचिवालयले जनाएको छ ।