थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

असार, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन।

यस्तै, २४ घण्टामा ३ हजार ४५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ३६ सय पुगेको छ।

मन्त्रालयका अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ।