बितेका २४ घण्टामा थपिए एक हजार ४५९ जना कोरोना संक्रमित

३० भदौ, काठमाडौं। पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप एक हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ३७५ जनाको पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७८८ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ भने ७ हजार २५० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।