३० भदौ, काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा ६७६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ५५५ जनामा, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या १२ हजार ९२४ पुगेको छ।







