आन्तरिक उडान असोज १ बाटै सञ्चालन हुने

३० भदौ, काठमाडौं । सरकारले आन्तरिक उडान असोज १ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले होटल तथा रेष्टुरेन्टहरु पवनि असोज १ गते बाटै सुरु गर्ने निर्णय गरेको छ ।

हवाइ उडानका लागि विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने छन् । मास्क, भाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ ।