३० भदौ, काठमाडौ । सरकारले लामो दुरीको यातायात पनि असोज १ गतेबाटै सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।
व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय उनले बताए ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि उनले बताए ।







