राजधानी लगायतका स्थानमा एकाबिहानै भूकम्पको धक्का

भदौ ३१, काठमाडौैं ।
राजधानी लगायत देशका विभिन्न भागमा बुधबार एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भूकम्प गएको हो । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर ६ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का राजधानीसँगै मकवानपुर, रौतहट, सिन्धुली, सर्लाही लगायतका स्थानमा पनि महसुस गरिएको थियो ।