भदौ ३१, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपतिविरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । तत्कालीन उपकुलपनि डाक्टर बलभद्र प्रसाद दास विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आरोप पत्रमा उनले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको उल्लेख छ । मंगलबार दायर आरोपपत्रमा उनले उक्त सम्पत्ति अवैध रूपमा आर्जन गरेकाले जफत गरी उनीमाथि कारवाही गर्नुपर्ने माग गरिएको छ ।
जुनियर रजिष्ट्रारका रूपमा सेवा प्रवेश गरेदेखि उपकूलपति र प्राध्यापक पदमा रहँदासम्म उनले २६ वर्षका बीचमा उक्त रकम अवैध आर्जन गरेको अख्तियारको आरोप छ ।







