त्रिविका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक

भदौ ३१, काठमाडौं ।
त्रिभूवन विश्वविद्यालयका पदाधिकारीलाई नेपाल विद्यार्थी संघले प्रवेशमा रोक लगाएका छन् । प्राज्ञिक क्षेत्रलाई नेपाल कम्युनिष्ट पार्टिको कार्यकर्ता भर्ति केन्द्र बनाउन लागेको भन्दै नेविसंघले मंगलबारबाट विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो ।

प्राज्ञिक मर्यादा र क्षमताको आधार कुल्चेर दलका कार्यकर्तालाई भर्ति गरेको भन्दै विश्वविद्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको नेविसंघले जनाएको छ । विभिन्न योजनाका लागि विश्व बैंकसँग ऋण लिए पनि त्यसको परिणाम भने नदेखिएको उनीहरूले आरोप लगाएका छन् ।