भदौ ३१, काठमाडौं ।
पूर्व न्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । मंगलबार साँझ उनको निवास बत्तिसपुतलीमै उनको निधन भएको परिवारले जनाएको छ ।
सय वर्षको उमेरमा साँझ साढे ७ बजे उनको निधन भएको हो । चिकित्सकका अनुसार उनमा निमोनिया देखिएको थियो ।
उनले विसं २०१३ सालदेखि तीन वर्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए । लोकसेवा आयोगका अध्यक्ष, कानून र वनमन्त्रीका रूपमा समेत उनले काम गरिसकेका थिए ।







