भदौ ३१, काठमाडौं ।
तोकिए भन्दा बढी मूल्यमा प्याज बिक्रि गरेको भन्दै बल्खु बजारका एक व्यवसायीलाई पक्राउ गरिएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा यसको भाउ आकाशिएको छ ।
बढी मूल्यमा प्याज बेचेको भेटेपछि काठमाडौं महानगरपालिकाको अनुुगमन टोलीले सुनिल केसीलाई बुधबार पक्राउ गरेको हो । बजारबाट पक्राउ गरी उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको छ ।
उनको पसलबाट २ सय ४० बोरा प्याज पनि बरामद गरेको छ । यसैगरी वाणीज्य विभागको टोलीले ७ अन्य पसललाई जरिवाना तिर्न पुर्जी थमाएको छ । सोमबारसम्म ७६ रूपैयाँ प्रतिकिलोमा थोक बिक्रि भइरहेको प्याज उनीहरूले बुधबार १ सय ३० रूपैयाँमा बिक्रि गरिरहेका थिए ।







