भदौ ३१, काठमाडौं ।
चीनसँगको विवादका कारण भारतले डेढ सय हाराहारी चिनियाँ एपमाथि प्रतिबन्ध लगाइदिएको छ । यता युट्युबले भने त्यस्तै किसिमको विशेषतायुक्त नयाँ एपको परीक्षण गर्ने घोषणा गरेको छ ।
‘युट्युब सटर््स’ नाम दिइएको उक्त एपमा १५ सेकेन्डको भिडियो बनाउन सकिनेछ । भारतमा यसको ‘बिटा’ संस्करण परीक्षण गर्न लागेको घोषणा गरिएको छ ।
भारतमा टिकटक प्रतिबन्ध लाग्दा त्यहाँ झन्डै १२ करोड प्रयोगकर्ता थिए । उक्त एपमा नयाँ भिडियो खिच्न सकिने, अन्य भिडिओलाई जोड्न सकिने, गति नियन्त्रण गर्न सकिने जस्ता विशेषता हुनेछन् ।
भारतमा सफल भए यसको विस्तार अन्य देशमा पनि गर्ने तयारी रहेको बताइएको छ । यद्यपि भारतका अन्य स्थानीय उत्पादसँग प्रतिस्पर्धा गर्नु युट्युबका लागि चुनौतिपूर्ण हुनेछ ।







