तीन वटै तहका जनप्रतिनिधिहरुको सम्पति छनविन गर्न एमाले संसदको माग

साउन, २८ काठमाडौं । नेकपा एमालेका सांसद आशा कुमारी विकले तीन वटै तहका जनप्रतिनिधिहरुको सम्पति छनविन गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक् हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानविन गर्नुपर्ने माग गरेका हुन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरिडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधहरुको सम्पति छानविन गरोस भन्ने माग गर्न चाहन्छु ।’