साउन, २८ काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको योजना रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले दैनिक दुई लाख जनालाई खोप लगाउने सरकारको योजना रहेको भन्दै असोज मसान्तसम्म एक करोड ८ लाख खोप आउने सुनिश्चित भएको पनि बताएका हुन ।
नेपाली जनतालाई कोभिडविरुद्ध पाँच करोड ५० लाख खोपको आवश्यकता पर्ने पनि उनले बताएका छन् ।
पूर्ववर्ती सरकारले ९७ लाख सुनिश्चित गरेको उल्लेख गर्दै उनले त्यसमध्ये असार मसान्तसम्म ४२ लाख खोप लगाइएको जानकारी दिए । र नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको उनले बताए । ‘पहिलेको सरकारले ९७ लाख खोप प्राप्त गरेर १८ महिनामा ४२ लाखलाई खोप दिइएको थियो । नयाँ सरकार आएपछि ७५ लाख खोप लगाइएको छ’ उनले भने ।
स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको पनि बताएका छन् ।







