कोरोना खोपका लागि चैतसम्म नपर्खिन सरकारको ध्यानाकर्षण

साउन, २८ काठमाडौं । सांसदहरुले कोराना भाइरसविरुद्धको खोपकालागि चैतसम्म नपर्खिन सरकारको ध्यानाकर्षण गरेका छन ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरस संक्रमणको अवस्था, त्यसलाई न्युनीकरण गर्न सरकारले बनाएको योजना, खोप आयातको विषयमा जानकारी गराए । उनल चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको र त्यस अनुसार तयारी रहेको बताए ।

तयसपछि सांसदहरुले सरकारलाई कोरोना खोपका लागि चैतसम्म नपर्खिन आग्रह गरे । चैतसम्म पर्खिँदा असारसम्म लम्बिन सक्ब्ने, चैतसम्म भ्याउँदा पनि नजिकिँदो दशैं तिहार जस्ता चाडपर्वमा सिमाबाट र सहरबाट गाउँमा अवातजावत बढ्ने भएकाले त्यो अवस्थालाई खयाल गरेर कोरोना खोप लगाइनुपर्ने सांसदहरुको राय छ । अन्यथा कोरोनाको तेस्रो लहरको चर्चा भइरहेका बेला संक्रमण थप भयाभह हुन सक्ने भनी सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सांसद खेमप्रसाद लोहनीले अबको चार महिनामा सबै नागरिकलाई खोप दिने गरी व्यवस्थापन गर्न आग्रह गरे ।

‘कोरोना खोप चैत मशान्तसम्ममा भन्ने यहाँ पनि आयो, धेरै ठाउँमा आएको छ । यो धेरै ढिलो हुन्छ । अहिले चैत भन्यौं भने असार जान्छ । त्यसकारण अबको चार महिनामा खोप लगाउने व्यवस्थापन गरौं ।’ उनले भने ।

पूर्वस्वास्थ्यमन्त्री समेत हरेका गगन थापाले सरकारले खोपका लागि गरेको काम प्रसंसायोग्य नै रहेको तर, व्यवस्थापन कमजोर भएको भन्दी ध्यान दिन दिए । ‘व्यवस्थापन किन यति कमजोर ?’ थापाको प्रश्न छ ।

सकारले कोरोना भाइरस न्युनीकरण गर्नका लागि भनेर राती ८ बजेपछि यातायात सञ्चालनमा रोक लगएको छ । यसमा पनि सांसद थापाको प्रश्न छ, ‘कोरोना साँझ र राती बढ्दै जाने दिउँसो घट्ने यसको वैज्ञानितक तथ्य के हो ?’

सांसद रामकुमारी झाँर्कीले पनि कोरोना खोप लगाउने सन्दर्भम व्यवस्थापन चुस्त हुन नसकेको बताइन । ‘खोपका लागि मान्छेहरुलाई लाइनमा राखिएको छ । खोप कार्डमा रि म्यानेजमेण्ट गर्ने हा कि !’ उनको सुझाव छ ।

१३ लाख बृद्धबृद्धाले दोस्रो डोज खोप पाएनन् भन्ने सन्दर्भमा के हो ? भन्ने पनि उनको प्रश्न थियो ।

पूर्वस्वास्थ्यमभनी समेत रहेका अर्का सांसद खगराज अधिकारीले निशुल्क भनिएको कोरोना उपचारका लागि नागरिकले महंगो शुल्क तिर्नु परिरहेको छ के हो ? भनी प्रश्न गरे ।

सांसद कृष्णकुमार राईले मम पसलमा समेत कोरोना खोप भेटिन थालेको भनी सरकारको ध्यानाकर्षण गरे ।

सांसद रामबहादुर बिस्टले नेपालले पैसा तिरिसकेको भनिएको खोप भारतबाट आउँदैछ कि आउँदैन ? भनी सोधे ।

सांसद महेश बस्नेतले विद्यार्थीको परीक्षा स्वास्थ्य मापदण्ड पालना नगरी किन लिइएको छ ? खोपको परिचयपत्र लिन किन लाइन ? कांग्रेसको लेटरप्याडमा खोप निकासा गर्नुभएको हो ? भनी प्रश्न गरेका थिए ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार सबै कोणबाट कोरोनाको महामारी न्युनीकरणमा लागिरहेको र लाग्ने बताए । र अब कोरोना खोप प्रयाप्त आउने पनि विश्वास दिलाउन खोजे । ‘अब खोप प्रसस्त आउँछ । अब सरकारले नागरिकलाई कमसेकम एक खोप त लाउ भन्नेछ’ उनले भनेका छन् ।

उनले अनुदान र खरिद गरेर पनि खोप ल्याउने पहल जारी रहेको र कतिपय सुनिश्चित भइसकेको पनि बताएका छन् । अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको त्यसमध्ये ४२ लाखलाई लगाइएको जानकारी दिए ।

यस्तै, नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको मन्त्री श्रेष्ठले जानकारी दिए । र हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको उल्लेख गर्दै उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको पनि बताएका छन् ।

अब सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५÷१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने मन्त्री श्रेष्ठले बताएका छन् ।

तर, एकबैपटक धेरै खोप ल्याएर भण्डारण गर्ने नेपालको क्षमता नरहेको उनले बताए । ‘हाम्रो खोप भण्डारण २५ लाखभन्दा छैन’ उनले भने, ‘यसकारण ल्याएर द्रुतगतिमा लगाउने नै विकल्प हो ।’

यस्तै, मन्त्री श्रेष्ठले मेलम्ची बाढी पीडितका लागि तत्काल खोप व्यवस्था हुने पनि बताएका छन् । ‘म भोलि पर्सिका दिनमा मेलम्चीका जनतालाई पुर्ण रुपमा खोप लगाउने प्रतिवद्धता जाहेर गर्न चाहन्छु’ उनले भने ।

सांसदहरुले होटलमा, नेताको घरमा र मम पसलमा समेत खोप भेटाइएको भनी सोधेका प्रश्नको जवाफ दिँदै उनले खोप दुरुपयोग गरेको पाइए कारवाही हुने बताएका छन् । यस सन्दर्भम आफुले गृहमन्त्री र सम्बन्धित दलको प्रमुख जिल्ला अधिकारीसंग समेत कुरा गरेको बताए ।