एमाले नेता सभामुखको कार्यकक्षमा, कार्वाहीमा परेका १४ सांसदलाई पद मुक्त गर्न दवाव

भदौं, ४ काठमाडौं । एमालेका नेताहरु सभामुख अग्नि सापकोटाको कार्याकक्षमा पुगेका छन् । संसदीय दलकाृ ह्वीप उल्लघंन गरेका १४ जना सांसदलाई कार्वाही गरेको एमालेले सांसद पदबाट पद मुक्त गर्न लागि दवाद दिन नेताहरु त्यहाँ पुगेको बुझिएको छ ।

आज कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ ।