भदौ, ४ काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको नयाँ दुई दलको ९ गते सनाखत गर्ने भएको छ ।
शुक्रबार दुवै दलको पार्टीको नाम टुंगिएसँगै निर्वाचन आयोगले आगामी भदौ ९ गते सनाखत गर्ने जानकारी दिएको छ ।
आयोगले शुक्रबार आयोगमा नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
नेपालले नेतृत्व गर्ने पार्टीको नाम नेकपा एकीकृत समाजवादी र महन्थले नेतृत्व गर्ने दलको नाम लोतान्त्रिक समाजवादी पार्टी रहेको छ ।
निर्वाचन आयोगले पार्टीको नाम टुंगिएसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को २० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको नरहेको स्पष्ट पार्नका लागि ९ गतेका लागि बोलाइएको स्रोतले जनाएको छ ।







