तेक्वान्दो प्रशिक्षक शिशिरले प्राप्त गरे इन्टरनेशनल कोच लाइसेन्स

भदौ, ५ चितवन । तेक्वान्दो प्रशिक्षक शिशिर श्रेष्ठले तेक्वान्दोको इन्टरनेशनल कोच सर्टिफिकेसन कोर्स (लेभव वान) लाइसेन्स प्राप्त गर्न सफल भएका छन् ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा गत २०२१ जुन २७ र २७ मा सञ्चालन भएको तेक्वान्दो इन्टरेसनल कोच सर्टिफिकेसन कोर्समा उनले फिलता हासिल गरेका हुन् ।

उनी चितवनको खैरहनी नगररपालिका पर्सा निवासी हुन् । यसअघि शिशिरले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकहरु प्राप्त गरेका छन् ।

यससँगै १३ औँ दक्षिण एसियाली साफ प्रतियोगितामा पुम्से विधातर्फ काश्य पदक समेत प्राप्त गरेका थिए ।