चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको संक्रमणबाट निधन

भदौ, ५ काठमाडौं । चर्चित हाँस्य कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । पाटन अस्पतालमामा उपचाररत उनको आज विहान निधन भएको जनाइएको छ ।

एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।

६४ वर्षीय थापाले हास्य टेलिश्रृंखलाहरू( हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए । उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।