बढ्यो सुनको मूल्य, कसरी कारोवार भइरहेको छ ?

भदौ, ७ काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

आइतबारको तुलनामा आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम भइ कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य भने ९० हजार ६०० सय रुपैयाँ रहेको छ ।

यता आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार भने प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।