थप २ हजार ५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

भदौ, ८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। त्यस्तै, आज ३५ जनाको संक्रमणका कारण निधन भएको छ।

आज उपत्यकामा थपिएका मध्ये काठमाडौंमा ५१८, ललितपुर जिल्लामा ११९ र भक्तपुरमा ५२ जना नयाँ संक्रमित थपिएका हुन।