नेपाल लाइफद्वारा मृत्यु दावी भुक्तानी

भदौ, ९ फिदिम । नेपाल लाइफ इन्सोरेन्स कम्पनीले एक व्यक्तिको मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाले पाँचथरका जगतबहादुर बुढाथोकीको मृत्यु दावी भुक्तानी गरेको हो ।

बुढाथोकीले १० लाखको जीवन सहारा जिवन विमा गरेका थिए । बुढाथोकीको २०७७/१२/१३ गते निधन भएको थियो ।

उनले ३ किस्ता विमाशुल्क बापतको २ लाख ७७ हजार ५२४ भुक्तानी गरेको थिए ।

कम्पनीले दावी स्वरुप १० लाख र बोनसबाप १ लाख ९५ हजार गरी जम्मा ११ लाख ९५ हजार रुपैयाँ मृतकी श्रीमती तिलारुपा घिमिरेलाई दिएको शाखा प्रमुख पदम रिजालले जनाकारी दिए ।

उक्त रकम एनएमवि बैंकको चेक मार्फत प्रदान गरीएको रिजालले जानकारी दिए ।