भदौ, १५ काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल फेरि नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरवहादुर देउवाले आज ढकाललाई नियुक्त गरेका हुन् । योसँगै ढकाल तेस्रो पटक महानिर्देशकमा नियुक्त भएका हुन् ।
विभागका हालका महानिर्देशक रहेका भरत भट्टराईलाई भने राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाएर पठाइएको स्रोतले जनाएको छ ।
तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशक बनाएका थिए ।







