असोज १ बाटै लामो दुरीका यातायात चलाउन व्यवसायी र मजदुर सहमत

स्पष्ट मापदण्ड र कार्यविधि तोकिदिनुपर्ने माग

३१ भदौ, काठमाडौं । सोमबारको मन्त्रीपरिषद्को बैठकले सुरक्षाका मापदण्ड प्रयोग गरेर लामो दुरीका सवारी चलाउन दिने निर्णयसँगै यातायात व्यवसायी र मजदुर तयार भएका छन् ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले असोज १ गतेदेखि नै लामो दुरीका सवारीका साधन चलाउन सहमत भएका हुन् ।

उनीहरुको स्वास्थ्य सुरक्षाको स्पष्ट मापदण्ड र कार्यविधि तोकिदिनुपर्ने माग राखेका छन् ।

यातायात व्यवस्था विभागले बुधबार नै कार्यविधि र स्वास्थ्य सुरक्षाका मापदण्डहरु बनाएर सार्वजनिक गर्ने छ ।

सोहि मापदण्ड अनुसार यातायत सञ्चालन हुने विभागले जनाएको छ ।