एमाले स्थायी कमिटी बैठक बस्दै

भदौ, २५ काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । बैठक अपरान्ह ४ बजे बस्ने छ ।

एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए ।