उपत्यकामा थपिए ७३७ जना कोरोना संक्रमित

३१ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा आज ७३७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२ जनामा, ललितपुरमा ६० जनामा र भक्तपुरमा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

देशभर भने पछिल्लो २४ घण्टामा एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन्।