भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध

आयात अनुमतिपत्र नै खारेज

भदौ, ३१ काठमाडौं । भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको हो ।

अनुगमनका क्रममा नेपाली बजारमा आयातित कम्पनीको एउटा औषधिमा बाहिरी लेभलअनुसार भित्री औषधि फरक पाइएपछि आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ । कम्पनीबाट उत्पादित एन्टिबायोटिक्स सेफ्रोमेक्सिन लेखिएको लेभलको प्याकेटभित्र सेफालोजिन औषधि राखिएको पाइएको जनाएको छ ।

सेफालोजिन हजार एमजीको छ भने सेफ्रामेक्सिन ७ सय ५० एमजीको छ। यो कम्पनीबाट बजारमा आयतित भएका २६÷२७ वटा लेभलमा यस्तो त्रुटि पाइएको विभागको भनाई छ ।

डेढ महिनाअघि औषधिको विषयमा गुनासो आएपछि विभागले अनुगमन सुरु गरेको थियो।