दिपक दुलाल
३१ भदौं, पाँचथर । अविरलको वर्षासँगै माथिबाट आएको पहिरोले पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा ठाकुर प्रसाद चापागाईको वस्तुको गोठ पुरेको छ ।
केहिदिन देखिको निरन्तरको वर्षासँगै गएराती चापागाईँको घरनजिकै रहेको वस्तुको गोठमाथिबाट पहिरो झर्दा गोठसहित गोठमा रहेका भैंसी,गाई,तथा खसी बाख्रा समेत पुरेको छ ।
नजिकै घरमा सुतेका चापागार्यले पहिरो झर्ने बित्तिकै थाहा पाएर छिमेकीलाई खबर गरेका थिए । स्थानिय गाउँलेहरुको सहयोगमा पुरिएका वाख्रावस्तुहरुको जिवितै उद्धार गएिको पहिरो पिडित चापागाईले बताए ।
पहिरोले उनको ढुङ्गा माटोको गारोबाट बनेको वस्तुको गोठ पूर्ण रुपमा क्षति पु¥याएको छ भने गाइवस्तु सामान्य घाइते भएका छन् ।







