असोज, १ काठमाडौं । सर्लाहीको हरिवनमा पशु चिकित्सा अध्ययनरत विद्यार्थीको हत्याको विषयमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघले घटनाको घोर भत्र्सना गरेको छ ।
कलैया बारा स्थायी ठेगाना भई भरतपुरमा पशु चिकित्सा अध्ययनरत सुरेशकुमार शाहको भदौ २९ गते मंगलबार हत्या भएको थियो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शाह नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारायणी शाखाका सदस्य एवं पशुपति भेट डिष्ट्रिब्युटर्स, कलैया बाराका सञ्चालक रामाघार प्रसाद साहका छोरा हुन् ।
भरतपुरमा रहेका उनलाई त्यहाँबाट सर्लाहीको हरिवन बोलाइएर हत्या गरिएको बताइएको छ । संघले घटनाको घोर भत्र्सना गर्दै अनुसन्धान गरी अपराधीमाथि कडाभन्दा कडा सजाय दिन माग गरेको छ ।








