३१ भदौ, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेले २०२४ सालमा लेखेको ‘उनको प्रिती’ बोलको गित पुनः निर्माण गरिएको छ।
२०६० सालमा नारायण रायमाझीले संगीत गरेर उक्त गीत पहिलो पटक रेकर्ड गरिएको थियो ।
उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उनकै सम्झनामा केही फरक शैलीमा बजारमा ल्याएका हुन्।
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको यही भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो। गित दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए, ‘प्रेम गरिन्छ कि हुन्छ?’
उनले अगाडि भेनको थिए, ‘संगीतमा तपाईंले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गित तपाईलाई दिँदै छु।’
रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गरेका छन्।
उक्त गीतमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन्।







