यहि अवस्थामा एमसीसी पास हुन सक्दैनः नारायणकाजी श्रेष्ठ

असोज, २ काठमाडौं । नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यहि अवस्थामा कुनैपनि हालतमा एमसीसी पास नहुने बताएका छन् । माओबादी केन्द्र गण्डकी गाँउपालिका–काठमाडौं सम्पर्क मञ्च गठन गर्न आयोजित समारोहमा उनले त्यस्तो बताएका हुन् ।

श्रेष्ठले राष्ट्रियताको विषयमा शर्तसहितको अनुदान नेपालले लिन नहुने बताए ।

२९ सदस्य सम्पर्क मञ्च गठन

गण्डकी गाँउपालिका–काठमाडौं सम्पर्क मञ्चका गठन भएको छ । अध्यक्ष पवन वयलकोटीको नेतृत्वमा २९ सदस्य कमिटी चयन भएको छ । त्यस्तै उपाध्यक्षमा जापान गुरुङ, सचिवमा रवि पन्त, सहसचिव सुजन परियार, कोषाध्यक्ष ईश्वर गुरुङ चएन भएका छन ।

नेपालको परिवर्तगामी आन्दोलनहरूमा गोरखाको महत्वपूर्ण भूमिका रहेको र आभामी दिनहरूमा पनि उक्तखालको भूमिका प्राप्त हुनेमा पार्टी आशावादी रहेको श्रेष्ठको भनाई छ ।

भेलामा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य चुणामणी खड्का (प्रकाश), केन्द्रिय सदस्य लेखनाथ न्यापाने , लगायतका नेताहरुको सहभागिता रहेको थियो ।