एमालेको स्थायी कमिटी बैठक बस्दै

असोज, ३ काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउसो १ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङका अनुसार बैठकमा विधान अधिवेशनको तयारी लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकको तयारी स्वरुप स्थायी कमिटी बैठक बस्न लागेको हो ।