असोज, ४ काठमाडौं । सिजन मिडियाले आफ्नो संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम्पाटस्थित होटल -याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधामा अवार्ड तथा सम्मान वितरण गरिएको हो ।
यस वर्ष ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अन्तर्गत बरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा भोला रिजाललाई सम्मान गरेको हो । सन् २०१९ मा दुबईमा पहिलो संस्करण सम्पन्न भएको नेसनल प्राफेसनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण बाह्य मुलुकमा असहज भएकाले नेपालमै आयोजना गरिएको हो ।
कार्यक्रमबाट नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठ सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई स्पेसल अनर जर्नालिज्म अवार्ड अर्पण गरिएको छ । मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा सम्मानित भईन् ।
नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्डबाट सम्मानित भए । शिक्षा क्षेत्रमा अनवरत तीनदशकदेखि सक्रिय साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीलाई एजुकेसनल लिडरसीप एन्ड म्यानेजमेन्ट अवार्डबाट सम्मानित भए । बैंकिङ सिइओ अफ दि इयर अवार्डबाट सनराइज बैंकका सिइओ सुमन शर्मा सम्मानित भए ।
‘कन्ट्री भेटेनेरियन अवार्ड’बाट नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा सितलकाजी श्रेष्ठ सम्मानित भए । सो अवसरमा एसनेपाली मासिक पत्रिकाको पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री तथा यूपिएफ एसिया प्यसिफिकका अध्यक्ष एकनाथ ढकालले को विशेष उपस्थिति रहेको थियो ।












