ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

असोज, ५ काठमाडौं । नेकपा (एमाले)ले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सोमबारका लागि सुनुवाइ तोकिए पनि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो ।

मंगलबार न्यायाधीशद्वय दीपकुमार कार्की र कुमार चुडालको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

एमालेले कारबाही गरेका १४ सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै ओलीले सभामुखविरुद्ध रिट दायर गरेका थिए । भने कारबाहीमा परेका सांसदहरुलाई सनाखत गरेको भन्दै ओलीले निर्वाचन आयोगविरुद्ध समेत रिट दायर गरेका थिए । यसअघि पनि पटकपटक पेसी तोकिए पनि ‘हेर्दाहेर्दैमा’ राखिँदै आएको थियो ।