असोज, ५ काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
आज छापवाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।







