कुलमान घिसिङ नियुक्तविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सीईओ शाक्यले कुलमानको नियुक्तमाथि प्रश्न उठाउँदै काम गर्न नदिन उल्लेख गर्दै अन्तरिम आदेश माग गरेका छन् । तर उक्त मुद्दामा इजलासले सरकारसँग कारण देखाउ आदेश माग गरेको छ ।