असोज, ६ काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मृगौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समिति बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘मृगौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो ।
बैठकले ‘डायलिसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मृगौला फेल हुनुको कारण र मृगौला सम्बन्धी रोगबाट बच्ने उपायहरु बारेमा देश भरी नै जनचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
नेपालमा नेफ्रोलिजिष्ट्को दरवन्दी संख्या कम भएको भन्दै समितिले समय सापेक्ष नेफ्रोलिजिष्ट् बृद्वि गर्न पनि सरकारलाई निर्देश गरेको छ ।
सरकरी हस्पिटलहरुमा डायलिसिस सेवालाई ् प्रभावकारी बनाउनु पर्ने, मृगौला सम्बन्धि विशेष अस्पतालको व्यवस्थापन गर्नु पर्ने, विद्यालय तहको पाठ्यक्रमा समय सापेक्ष स्वास्थ्य सम्बन्धि जानकारी राख्नु पर्ने पनि समितिले सरकारलाई भनेको छ ।







