राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै

असोज, ७ काठमाडौं । आज । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो २ बजे एकैसाथ बस्न लागेको हो । संघीय संसद सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक गरेको छ ।

जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने उल्लेख छ ।राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी रहेको छ ।

गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गर्नुभएको थियो । एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ ।

सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनलाई सघाउन भूमिका खेलेको भन्दै विरोध गर्दै आइरहेको छ ।