असोज, १० काठमाडौं । अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफलका लागि सत्ता गठबन्धनको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।
गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।







