असोज, १० काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मनिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ ।
आइतबार बसेको समति बैठकले सरकारलाई बेचबिखन भएको आइरहेको उल्लेख गर्दै त्यसबारे समितिलाई जानकारी दिन भनेको हो ।
शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ बेचबिखन भन्ने आइरहेको छ त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु ।’
सम्झौतापत्र पनि उपलब्ध गराउनु
शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई मनिपाल अस्पतालसंगको सम्झौतापत्र समेत मागेको छ ।
मनिपालको कुरा कम्पनीमार्फत गराएको हो भने पनि सम्झौता के छ ? पहिला हामी सम्झौता पढेर जाउँ । मन्त्रालयले हामीलाई सम्झौतापत्र उपलब्ध गराओस । शिक्षा मन्त्रमालयलाई यो निर्देशन समिति दिन चाहन्छ’ समिति सभापति घर्तीले भनिन् ।
बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफुले सम्झौतापत्र सरकारी अधिकारीहरुसंग माग गरेको तर, नपाएको बताएका थिए । तथापि, सम्झौता हुँदाका बेला कतिपय सन्दर्भम आmु समेत संलग्न भएको उल्लेख गर्दै उनले मनिपाल बेचबिखन हुन नसक्ने बताए ।
सम्झौता हुँदा पहिलो पक्ष नेपाल सरकार र दोस्रो पक्ष मनिपाल कम्पनी लिमिटेड रहेको र दोस्रो पक्षले छोड्दा स्वतः पहिलो पक्षको हुनुपर्नेमा त्यसो नभएको र बेचबिखन भएको आएको उल्लेख गर्दै प्रश्न गरे । उनले मनिपाल बिक्री हुन नसक्ने जिकिर गरे ।
पूर्वशिक्षा मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले मनिपालका सन्र्दभमा आएका विषय किल्यर हुनुपर्ने र सम्झौता अध्ययन गरेर र प्रचलित ऐन कानुन अनुसार निर्णय हुनुपर्ने बताए ।







